राजनीति

विकासका लागि औद्योगिकरण जरुरी ः मन्त्री बस्नेत
रुपेश÷हेटौ“डा
२० फागुन
उद्योग मन्त्री महेश बस्नेतले देशको विकासका लागि औद्योगिकरण गर्नु जरुरी रहेको बताउनु भएको छ ।
हेटौ“डामा नया“ औद्योगिक क्षेत्रको आज उद्घाटन गर्दै मन्त्री बस्नेतले प्रत्येक निर्वाचन क्षेत्रमा एक औद्योगिक ग्राम स्थापना गरिनुपर्नेमा जोड दिनुभयो । देशका विभिन्न स्थानमा औद्योगिक क्षेत्र स्थापना गर्न सरकार लागि परेको भन्दै मन्त्री बस्नेतले कृषिप्रधान देशलाई उद्योग प्रधान बनाउनुपर्ने बताउनुभयो ।
 
कार्यक्रममा उद्योग सचिव उत्तमकुमार भट्टराई, सभासद् इन्द्रबहादुर बानिया“, अनन्त पौडेल लगायतले आर्थिक क्षेत्रको प्रवर्धनका लागि सामुहिक प्रयास आवश्यक रहेको बताउनुभयो । विगतमा हेटौडा कपडा उद्योगको विद्यालय रहेको करिव २ सय ६० रोपनी क्षेत्रफलमा विस्तार गरिएको औद्योगिक क्षेत्रमा ५० भन्दा बढि उद्योग थपिने जनाईएको छ ।

Post Comment

More राजनीति

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award