राजनीति

प्रस्ताव समिति खारेजीको सर्त औचित्यहिनःरामचन्द्र पौडेल
काठमाडौँ ,फागुन २०
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रश्नावली प्रस्ताव समिति खारेजीको सर्त औचित्यहिन भएको बताउनुभएको छ । 
 
काँग्रेस उपसभापति पौडेलले बुधबार अपरान्ह पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी प्रश्नावली प्रस्ताव समितिले प्रश्न बनाउने काम सम्पन्न गरिसकेकाले अब एकीकृत नेकपा माओवादीले वार्ताका लागि  समिति खारेजीको सर्त राखिरहन आवश्यक नरहेको बताउनुभयो । उहाँले संविधानका विवादित विषयमा जसले बनाए पनि प्रश्नहरु एउटै हुने भन्दै समितिले बनाएका प्रश्नमा चित्त नबुझे एमाओवादी र मधेशवादी दलहरुले पनि थप प्रश्न बनाउन सक्ने बताउनुभयो । उहाँले समिति आफैं काम सकेर बेकामे भइसकेका कारण समिति खारेजीको सर्त राख्नुको सट्टा तत्काल वार्तामा वस्न एमाओवादीसँग आग्रह गर्नुभयो । 
 
काँग्रेस उपसभापति पौडेलले राज्यपुनर्संरचना अन्र्तगत प्रदेशहरुको सीमाना वाहेक अन्य विषयमा दलहरु समतिको नजिक पुगिसकेका कारण आफूहरु सकेसम्म मिलेरै संविधान बनाउने पक्षमा रहेको बताउनुभयो । उहाँले मिल्ने नाममा संविधानसभाको बैठक स्थगित राखेर वार्ताका लागि अब एमाओवादीलाई धेरै समय पर्खिन भने नसक्ने बताउनुभयो ।
 
काँग्रेसले आफ्ना महाधिवेशन प्रतिनिधिहरुलाई यहि फागुन २४ गतेबाट प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।  नेपाली काँग्रेस समावेशी प्रशिक्षण नाम दिइएको प्रशिक्षण कार्यक्रममा महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक, मधेशी र मुस्लिम समुदायको प्रतिनिधित्व गराइने उपसभापति पौडेलले जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रम मुलुकका विभिन्न ७ स्थानमा गर्ने तय भएकामा पहिलो कार्यक्रम फागुन २४ देखि २६ गतेसम्म कपिलवस्तुको तौलिहवामा गरिने नेपाली काँग्रेसले जनाएको छ । 
 

Post Comment

More राजनीति

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award