राजनीति

दलीय सहमतिमा संविधान आउने – प्रवक्ता बडू
दार्चुला, २० फागुन । माओवादीलाई साथ लिएर सहमतिको संविधान बनाउन नेपाली काँग्रेस र एमाले प्रतिबद्ध रहेको नेपाली काँग्रेसका प्रवक्ता दीलेन्द्र बडूले बताउनुभएको छ । 
 
लाली गाविसको गाउँ बस्ती भेटघाट कार्यक्रममा बोल्दै उहाँले सत्तापक्ष र विपक्षी मोर्चासँग संविधानका अन्तरवस्तुमा छलफल भइरहेकाले संविधान निर्माणमा ढिलाइ भएको बताउनुभयो । 
 
हामीबीच सङ्घीयता र राज्यको पुनःसंरचना प्रमुख दुई विषयमा विवाद रहेको बताउँदै नेता बडूले भन्नुभयो, “माओवादीलगायत संविधानसभा बाहिर रहेका दललाई समेत संविधान निर्माणमा सहभागी गराएर छिटोभन्दा छिटो संविधान जारी गर्छौँ ।” 
 
सत्तापक्षसँग प्रक्रियामा गएर संविधान निर्माण गर्न बहुमत भए पनि सबै पक्षलाई समेटेर सहमतिको संविधान बनाउन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले पहल गरिरहेको उहाँले बताउनुभयो । 
 
“प्रक्रियामा गएर संविधान निर्माण गर्न स्पष्ट बहुमत छ”, उहाँले भन्नुभयो, “बहुमतमा संविधान बनाउँदा दिगो हुँदैन ।” सबै पक्षलाई समेटेर लामो समयसम्म टिक्ने संविधान बनाउन काँग्रेस नेतृत्व लागिपरेको प्रवक्ता बडूको भनाइ छ । 
 
त्यस्तै महाकाली भेगको सडक निर्माण र लालीमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल राख्न आफू पहल गरिरहेको उहाँले बताउनुभयो । उहाँले भर्तोला–लाली सडक खण्ड र महाकालीमा नदीमाथि झोलुङ्गे पुल राख्न सम्बन्धित निकायमा पहल गरिरहेछु । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award