राजनीति

प्रधानमन्त्रि कोईराला र एमाओबादीका अध्यक्ष प्रचण्डबीच भेटवार्ता ।।। प्रधानमन्त्रि कोईराला र एमाओबादीका अध्यक्ष प्रचण्डबीच भेटवार्ता ।।।
 
२० फागुन,कालिका–
प्रधानमन्त्रि सुशील कोईराला र एकिकृत माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । वालुवाटारमा भएको भेटवार्तामा दुई शिर्ष नेताबीच जारी गतिरोध अन्त्य र संबिधान निर्माणका बिषयमा कुराकानी भएको एकिकृत माओबादीका प्रवक्ता दिनानाथ शर्माले कालिका एफएमलाई जानकारी दिनुभयो । 
भेटको अवसरमा प्रधानमन्त्रि कोईरालाले आन्दोलन छाडेर वार्तामा आउन प्रचण्डलाई आग्रह गर्नुभएको वालुवाटार श्रोतले जनाएको छ । तर बिपक्षि गठबन्धनका संयोजक समेत रहेका प्रचण्डले वार्ताका लागी अझै बिश्वासको वातारण बनाउन प्रधानमन्त्रि कोईरालासंग आग्रह गरेको बुझिएको छ । 
प्रवक्ता शर्माका अनुसार प्रधनमन्त्रिले बिश्वासको वातावरण बनाएको खण्डमा तत्कालै ३० दलीय गठबन्धनको बैठकमा छलफल गरी वार्तामा बस्ने निर्णय गर्ने जनाउ प्रचण्डले प्रधानमन्त्रि कोईरालालाई दिएका छन् । प्रचण्डले हिजो काँग्रेस–एमालेले गरेको निर्णयका बारेमा पनि चाँसो राख्नुभएको छ । जवाफमा प्रधानमन्त्रिले बिपक्षिसंग वार्ता गरी सहमती भएपछि मात्रै बेठक बोलाउन सभाध्यक्षलाई आग्रह गरीने स्पष्ट पार्नुभएको थियो । 
हिजो चितवनमा नारायणी बिद्यामन्त्रि उच्च माबिको स्वर्ण महोत्सबमा एउटै मंचमा सहभागी भएका २ नेताबीच आज अनौपचारीक छलफल गर्ने सहमती भएको थियो । 
 

Post Comment

More राजनीति

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award