राजनीति

युद्ध गर्ने चन्दको चेतावनी
काठमाडौँ ,फागुन १९
नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्दले जनतालाई अधिकार सम्पन्न नबनाइए तथा तत्कालिन जनयुद्धका घाइते र सहिद परिवारलाई राहत नदिइए युद्ध गर्ने चेतावनी दिनुभएको छ । 
 
अखिल नेपाल जनसांस्कृतिक महासंघले मंगलबार काठमाडौमा गरेको कार्यक्रममा नेकपा माओवादीका संयोजक चन्दले जनतालाई अधिकार सम्पन्न बनाउन पूरै शक्ति प्रयोग गर्ने र राज्यले दमन गरे युद्धमा जाने चेतावनी दिनुभयो । उहाँले नेपाली काँग्रेस र नेकपा एमालेले शक्तिमा आएपछि माओवादीमाथि आतंककारीको जस्तो व्यवहार गर्न थालेको भन्दै आफ्नो पार्टीले लाचार र मूल्यहिन तथा लास जस्तो भएर नसहने बताउनुभयो ।
 
माओवादीका संयोजक चन्दले शान्ति प्रक्रिया भन्दा संविधान निर्माणको काम कम महत्वको भएको भन्दै संविधान निर्माणमा भन्दा युद्ध गर्नुपर्ने अवस्था किन आयो भन्ने विषयमा वहस गरिनुपर्ने बताउनुभयो । उहाँले संविधानसभाको तत्काल विघटन गरेर आफ्नो पार्टीलाई राज्यसत्तामा सहभागी गराउन माग गर्नुभयो । उहाँले माओवादीले भिखारी बन्नका लागि नभइ राज्यसत्ता प्राप्तिका लागि नै दश वर्षसम्म जनयुद्ध गरेको बताउनुभयो । 
 
माओवादीका संयोजक चन्दले राजनीतिक परिवर्तन र जनताको अधिकारका लागि माओवादीले सबैभन्दा बढी योगदान गरेको भन्दै हत्या हिंसाको आरोपमा माओवादी नेताहरुमाथि कारवाही गरिएको अवस्थामा काँग्रेस र एमालेका नेतालाई पनि बाँकि राख्न नमिल्ने बताउनुभयो । उहाँले काँग्रेस र एमालेले राज्यसत्तामा वसेर जनतालाई दमन गरेकै कारण आफूहरुले जनयुद्ध गर्नुपरेको बताउनुभयो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award