राजनीति

प्रधानमन्त्रि कोईराला र प्रचण्डबीच भेट हुने ।।।
कालिका फागुन १९
राजनितीक गतिरोध अन्त्यका बिषयमा सत्तारुढ दल र प्रतिपक्षिबीच वार्ता हुन नसकिरहेका बेल आज चितवनमा प्रधानमन्त्रि सुशील कोईराला र एकिकृत माओबादीका अध्यक्ष प्रचण्डबीच भेट हुने भएको छ । शिबनगरमा रहेको नारायणी बिद्या मन्दिर उच्च माबिको स्वण महोत्सबको बिशेष कार्यक्रममा कोईराला र प्रचण्डबीच भेट हुन लागेको हो । 
 
दलहरुबीच सार्थक संवाद समेत हुन नसकिरहेका बेला एउटै मञ्चबाट दुई नेताले गर्ने संबोधनलाई निकै महत्वका साथ प्रतिक्षा गरीएको छ । कार्यक्रममा सहभागी हुन प्रधानमन्त्रि कोईराला हेलिकोप्टरबाट दिउँसो एक बजे आउने कार्यक्रम तय भएको स्वर्ण महोत्सब ब्यवस्थापन समितिका संयोजक कृष्णलाल सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार स्थलमार्ग हुँदै आउनुहुने प्रचण्ड भने प्रधानमन्त्रि भन्दा पहिले नै कार्यक्रममा सरिक हुनुहुनेछ । 
 
आजको कार्यक्रम अन्तर्गत स्वण स्तम्भको उद्घाटन प्रधानमन्त्रिले गर्नुहुनेछ भने नयाँ भवनको उद्घाटन कोईराला र प्रचण्डले संयुक्त रुपमा गर्ने कार्यक्रम तय भएको छ । बिशेष कार्यक्रममा समय ब्यतित गरीरहँदा उहाँहरुबीच मुलुककको गरिोध अन्त्यका बिषयमा केहि कुरा हुन सक्ने सापकोटाले बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रमकै दौरान पूर्ब बिद्यार्थीको नाताले प्रधानमन्त्रि कोईरालाले प्रचण्डलाई सम्मान गर्ने कार्यक्रम समेत तय भएको छ । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award