राजनीति

विगतका सहमती सम्झौता अनुसार जेठ १५ गतेभित्र संविधान जारी गर्ने तयारी
उद्धव घिमिरे विराटनगर, फागुन १८  –
 
सुचना तथा संचारमन्त्री एवं सरकारका प्रवक्ता डा. मिनेन्द्र रिजालले विगतमा भएको सहमती सम्झौता अनुसार जेठ १५ गतेभित्र संविधान जारी गर्नेगरि काम भइरहेको बताउनु भएको छ । 
 
विराटनगर विमानास्थलमा आज संचारकर्मीहरुसंग कुरा गर्दै मन्त्री रिजालले संविधान निर्माणको काम दुई महिना भित्रमा सक्नेगरि काम भइरहेकोले एमाओवादी सहितको ३० दलीय विपक्षी मोर्चाले साना तिना बखेडा झिकेर त्यसलाई लम्ब्याउने गतिविधि गर्नु नहुने बताउनु भएको छ । 
 
उहाँले समय धेरै गइसकेकाले संविधान निर्माणमा असर पर्नेगरी कुनैपनी गतिविधि नर्गन प्रतिपंक्षलाई आग्रह समेत गर्नुभयो । मन्त्री रिजालले संविधान निर्माणका लागी प्रतिपक्षलाई संगै अगाडी बढाउन सत्तापक्ष तयार रहेकाले जनताको अभिमतलाई बुझेर आन्दोलन छोडेर बार्ता र छलफलबाट सहमती गर्न आग्रह समेत गर्नुभयो ।  
 
उहाँले माघ ८ मा संविधान नआउँदा जनतामा नैरश्यता छाएकाले जेठ १५ मा संविधान जारी हुने गरी सहमती कायम गर्नुपर्ने बताउनुभयो । मन्त्री रिजालले एकिकृत माओवादी सहितको मोर्चासंग वार्ता र छलफलका लागी वातावरण बन्दै गएकाले संविधान जारी गर्ने मिति पर धकेल्नेगरी एकिकृत माओवादी तथा मधेशवादी दलले घुक्र्याउन नमिल्ने बताउनुभयो । 
 

Post Comment

More राजनीति

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award