राजनीति

आन्दोलनरत दललाई वार्तामा आउन आग्रह ः उपप्रधान मन्त्री सिंह

इलाम, १८ फागुन । उपप्रधान मन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले निःसर्त वार्तामा आउन आन्दोलनरत दललाई आग्रह गर्नुभएको छ । 

नेपाल प्रेस युनियन इलाम शाखाले आज बिहान इलाममा आयोजना गरेको पत्रकारसम्मेलनमा उपप्रधान मन्त्री सिंहले दोस्रो संविधानसभाले पनि संविधान जारी गर्न नसक्दा मुलुक नै असफल हुने धारणा राख्दै सबैको सहमति र सहकार्यमा संविधान जारी गर्न सके त्यो दिगो हुने विचार व्यक्त गर्नुभयो । 


“कसैले केही छाडौँ, लचकता अपनाऔँ”–उहाँले भन्नुभयो–“मिल्न नसकेका विषयलाई वार्ता र सहमतिको माध्यमबाट हल गरौँ ।” 

निर्वाचन प्रणाली, शासकीय स्वरुप, सङ्घीयतालगायत विषयमा सबै दलबीच सहमति भइसकेकाले त्यसलाई मूर्तरुप दिन वार्तामा आउन सरकारले आग्रह गरेको उहाँले बताउनुभयो । उहाँले मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन संविधान जारी गर्नुको कुनै विकल्प नभएको बताउनु भयो । एक फरक प्रसङ्गमा मन्त्री सिंहले वर्तमान परिस्थितिमा सरकार परिवर्तन नहुने बताउनुभयो ।रासस 

 

Post Comment

More राजनीति

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award