राजनीति

बहुमतीय प्रक्रिया रोके वार्तामा बस्छौः प्रचण्ड ।
काठमाण्डौँ फागुन १७ ।
 
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभामा अगाडि बढाइएको दुई तिहाइ वहुमतको प्रक्रिया खारेज गरिए वार्ताका लागि आफूहरु जुनसुकै बेला तयार रहेको बताउनुभएको छ । 
 
शनिबारको जुलुसमा मिनभवन क्षेत्रमा भएको झडपमा परी घाइते भएका आफ्ना नेता तथा कार्यकर्ताहरुको अवस्था बुझ्न आइतबार विहान कान्तिपुर अस्पताल पुगेका एमाओवादी अध्यक्ष दाहालले नेपाली काँग्रेस र नेकपा एमाले विवादित विषयको छलफल संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिबाट अगाडि बढाउन तयार भए आफूहरु कुनै पनि बेला वार्तामा वस्न तयार रहेको बताउनुभयो ।
 
दाहालले सहमतिका आधारमा संविधान बनाउने वा आफूहरुलाई थप आन्दोलित पार्ने भन्ने बल सत्तारुढ काँग्रेस र एमालेको हातमा रहेको बताउनुभयो । उहाँले शनिबारको जुलुसमा जानाजान आफ्ना कार्यकर्तामाथि निर्ममतापूर्वक लाठी प्रहार गरिनुले सरकार अझै पनि सहमतिका लागि तयार नभएको देखिएको बताउनुभयो । 
 
उहाँले शनिबारको आफ्नो जुलुस अनुशासित र संयमित हुन्छ भन्ने बारेमा आफूले उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमलाई शुक्रबार नै जानकारी गराएको तर सरकारले जुलुसलाई रोक्नका लागि जानाजान बल प्रयोग गरेर बर्बरता प्रदर्शन गरेको आरोप लगाउनुभयो । उहाँले प्रहरीले जुलसलाई सहजरुपमा अगाडि बढ्न नदिंदा झडप भएको भन्दै सरकारले घटनाको जिम्मा दिनुपर्ने बताउनुभयो ।

Post Comment

More राजनीति

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award