राजनीति

आज के होला काठमाडौंमा
काठमाडौं, फागुन १६ – 
 
संविधानसभामा सुरु भएको बहुमतीय प्रक्रियाको बिरोध र सहमतिबाटै संविधान जारी गर्न दबाब दिने उदेश्यले एकीकृत नेकपा माओवादीको मोर्चाले शनिबार काठमाडौंमा प्रदर्शन गर्दैछ । सत्तापक्षलाई चुनौति दिने भन्दै शनिबारको प्रदर्शन बिशाल बनाउने मोर्चाले तयारी गरेको छ ।
 
आफ्ना नेता कार्यकर्तालाई अनिवार्य उपस्थित हुन मोर्चाका नेताहरुले यसअघि नै आह्वान गरिसकेका छन् । काठमाडौं बाहिरबाट समेत कार्यकर्ता ल्याउने मोर्चाको तयारी छ । मोर्चाले प्रदर्शनमा कम्तीमा २ लाख मान्छे उतार्ने तथा काठमाडौ र ललितपुरका विभिन्न १६ ठाउँबाट जुलुस निकाल्ने निर्णय गरेको छ । बैठकले सभालाई अनुशासित र शान्तिपूर्ण बनाउने निर्णय गरेको ३० दलीय गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।
 
गठबन्धनका अनुसार सबै स्थानबाट ११ बजे जुलुस निकाल्ने र १२ बजे खुलामञ्चमा झाँकी प्रदर्शनको कार्यक्रम छ । सभामा तामाङ, लिम्बु, शेर्पा, थारु, मगर, गुरुङ लगायतका समुदायको संस्कृति झल्किने १३ वटा साँस्कृतिक झाँकी तथा नाच प्रस्तुत गरिने गठबन्धनले जनाएको छ ।
 
 झाँकी र नाचपछि दिउँसो १ बजे नेताहरुको सम्बोधन सुरु  गर्ने  ४ बजे सभा सक्ने गठबन्धनको कार्यतालिका छ । यसअघि वाइसिएल कार्यकर्ताले लाठी जुलुस प्रदर्शन गरेकाले शनिबारको जुलुसमा पनि सहभागीले लाठी देखाउने हो कि भन्ने आशंका छ । तर नेताहरुले शनिबारको प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन् । गृह मन्त्रालयले पनि लाठी प्रदर्शन गर्नेलाई कार्वाही गर्ने बताइसकेको छ ।

Post Comment

More राजनीति

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award