राजनीति

संबिधान सभाबाट माओवादीको संबिधान बनाउने होइन् ः मन्त्री रिजाल
विद्रोही गिरी
नवलपरासी, १५ फागुन ।
 
सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले संबिधान सभाबाट संबिधान निर्माण गर्ने बिषय माओवादीको संबिधान बनाउने भन्ने  नबुझ्न माओवादीलाई आग्रह गर्नु भएको छ । बिस्तृत शान्ति संम्झौतामा  र १२ बुदे सहमति भनेको संबिधान सभाबाटै संबिधान बनाउने भन्ने हो माओवादीको होइन् उहाँले भन्नुभयो–‘ माओवादीले भनेको भए परिवर्तनको हुने त्यसो होइन् भन्दा २०४७ को हुने यो कस्तो कुरा हो ?’ ।
 
संबिधान सभामा पाएको मतको आधारमा दलहरुको आफ्ना एजेण्डाले ठाउँ पाउछन्  त्यो भनेको सबैको सहमतिको संबिधान हो मन्त्री रिजालले भन्नुभयो–‘ जनताको अभिमत निर्जिव अंक होइन त्यो जनताको प्रतिनिधि हो ’ । रगतको आहालबाट गिरिजाप्रसाद कोइरालाले माओवादीलाई लोकतन्त्र र शान्ति कै  लागि ल्याएको बताउदै उहाँले  भन्नुभयो –शसस्त्र कुरा होइन् लोकतान्त्रिक अभ्यास गर्नुहोस्’ । नवलपरासीको तम्सरिया गाविसलाई वालमैत्री वातारण तयार गर्नका लागि आयोजना गरिएको  बाल मैत्री मेला २०७१ को उद्घाटन गदै मन्त्री रिजालले जनतालाई मालिक देख्दा सबै कुरा समाधान हुने बताउनु भयो । 
 
नयाँ बन्ने संबिधानमा वालमैत्री हुने भएकाले बालबालिकाको भबिश्य उज्वल बनाउन पनि नयाँ संबिधान चाहिएको बताउनु भयो । बैदेसिक लगानी भित्रिएको अबस्थामा संबिधान आउदा मात्रै पनि धेरै अधिकारको कुराहरु सम्बोधन हुने उहाँको तर्क  थियो । संबिधान सहमतिबाटै बनाउने भएपनि हरेक धारा दुई तिहाइले पारित गर्नुपर्छ भन्ने कुरा सबैले बुझ्दा सहज हुने मन्त्री रिजालले बताउनु भयो ।
 
बालबालिकाका लागि खेलौना, बाल अधिकार महासन्धि , स्थानीय निकायले  गर्ने काम लगाएका स्थलहरुको प्रदर्शन मेलामा  रहेको छ । मेलाको उद्घाटनमा सभासद्  क्षेत्र नं.२का सभासद् जीवन श्रेष्ठ, क्षेत्रनम्बर ३ का सभासद् कृष्ण पौडेल , नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, एमाले जिल्ला अध्यक्ष रोशनबहादुर गाहा , प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, जागृति बाल क्बलका संस्थापक अध्यक्ष तिलोत्तम पौडेल, तम्सरिया गाविसका सचिव राजेन्द्रप्रसाद देवकोटा लगाएकाले वाल मेलाले औचित्यका बारेमा बोल्नु भएको थियो । तम्सरिया चौकी अगाडिको खुल्ला मैदानमा माघ २१ सम्म मेला सञ्चालन हुने छ ।

Post Comment

More राजनीति

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award