राजनीति

वार्ताको सम्भावना छः एमाओबादी सचेतक पोखरेल
अजय कुमार झा
जनकपुरधाम, फागुन १३ ।
 
एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले न्युनतम सहमतिको आधारमा नै संविधान निर्माणका लागि सत्तारुढ दलहरु अझ बढी लचिलो भएको खण्डमा संविधान निर्माणको लागि विपक्षी दलहरु वार्ता गर्नका लागि तयार भएको बताउनु भएको छ ।
 
प्रमुख सचेतक पोखरेलले क्रान्तिकारी पत्रकार संघ धनुषाको आयोजनामा आज जनकपुरधाममा भएको पत्रकार सम्मेलनमा सो कुरा कताउनु भएको हो ।
 
उहाले बहुमतको आधारमा गरिएको प्रक्रियालाई खारेज गरेर परिवर्तनकारी शक्तिलाई वार्तामा ल्याउनका लागि आग्रह गर्दै अहिले प्रायः विषयमा दलहरुको वीचमा सहमति भएको र थप विषयमा पनि सहमति नजदिक रहेको पनि बताउनु भयो ।
 
सचेतक पोखरेलले मधेश कहा छ ? भन्ने तथा मधेश स्वतन्त्र देशको कुरा गर्ने जस्ता विवादित अभिव्यक्ति दिनेको वीचबाट सहमति गरेर मुलुकलाई थप द्वन्द एवं हिंसामा जानवाट रोक्नका लागि पनि मिलेर संविधान बनाउन जरुरी रहेको बताउनु भयो ।
 
उहाले सत्तारुढ दलहरुले चालेको बहुमतिय प्रक्रिया सच्याउनका लागि प्रचारात्मक अभियानमा विपक्षी दलहरु लागेकाले १६ गते पछि लचिलो भएर सत्तारुढ दलहरु वार्ताको वातावरण बनाउन जरुरी रहेको बताउनु भयो ।

Post Comment

More राजनीति

Onair Now Onair Now

Hamro Serofero

Started at: 18:15 HRS

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award