- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
उपलब्धी रक्षाका लागी भएपनी संविधान सभाबाट संविधान बनाउनुको कुनै विकल्प छैनः उपप्रधान मन्त्री सिह ।
अजय कुमार झा
जनकपुरधाम, फागुन १२ ।
उपप्रधानमन्त्री एवं संघीय मामला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले विगतका उपलब्धि तथा संघीयतको रक्षाका लागि पनि संविधान सभाबाट संविधान बनाउनुको कुनै विकल्प नभएको बताउनु भएको छ ।
उपप्रधानमन्त्री सिंहले जिल्ला विकास समिति धनुषाको २१ औं जिल्ला परिषदको आज जनकपुरधाममा उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
उहाले सरकारमा रहेका दलले सकेसहमति नभए प्रक्रियामा भए पनि नेपाली जनताको भावनाको अधिकतम सम्मन हुने किसिमले लिखित संविधान संविधान सभावाट यस पटक जसरी भए पनि जारी गरि छाड्ने पनि बताउनु भयो ।
उहाले नेपाल सरकार विस्तृत शान्ति सम्झौताको मर्म एवं भावना अनुसार नै सत्यनिरुपण तथा मेलमिलाप आयोगको गठन गरेको बताउदै लोकतन्त्र तथा समावेशीता तथा संघीयतको सवालमा आफूहरु पूर्णरुपमा दृढ रहेको पनि बताउनु भयो ।
स्थानीय विकास मन्त्री समेत रहनु भएको उपप्रधानमन्त्री सिंहले स्थानीय निकायको चुनाव नभएको कारणले जनताले स्थानीय निकायबाट पाउने सेवा एवं सुविधा पाउन नसकेको बताउदै संविधान सभाको चुनावमा दलले प्रतिबद्धता गरेअनुसार छ महिनामा स्थानीय निकायको चुनाव गराउन नसक्नु ठूलो भूल भएको बताउनु भयो ।
उहाले स्थानीय चुनावको एमाओवादी सहितको केही दलले विरोध गरेको कारणले संविधान सभाको चुनावमा घोषणा गरेअनुसार स्थानीय निकायको चुनाव नगरेका कारणले नै जनअपेक्षा गरेअनुसारको काम स्थानीय निकायले गर्न नसकेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै उमाओवादीका मधेश व्युरो ईन्चार्ज रामचन्द्र झाले संविधान निर्माणको सवालमा सरकाले थप लचिलो भएर सहमतिका लागि प्रतिपक्षी दललाई बार्तामा ल्याउनका ला िअधिकतम प्रयास गर्नु पर्ने धारणा पनि राख्नु भयो ।
सोही कार्यक्रममा उपप्रधानमन्त्री सिंहले जिल्ला विकासमा रहेर राम्रो काम गरेवापत खरिदार नन्दकिशोर सिंह, कार्यालय सहयोगी टिका रेग्मीलाई तथा गाउँ विकास समितिमा रहेर जनताको भावना अनुसार राम्रो काम गरेका धनुषाको लक्ष्मीनिवासका सचिव रामलखन यादव तथा तुलसीका सचिव नवराज पौडेललाई सम्मानपत्र तथा नगद प्रदान गरेर पुरस्कृत गर्नु भएको थियो ।
यसै गरि स्थानीय विकासमन्त्रीले जिल्ला विकास समितिले तयार पारेको जिल्लाको पञ्चवर्षिय रणनीतिक योजना तथा जिल्लाको आवधिक योजनाको पुस्तकको पनि लोकार्पण गर्नु भएको थियो ।
सोही कार्यक्रममा धनुषाका स्थानीय विकास अधिकारी झलकराम अधिकारीले आर्थिक वर्ष २०७२–७३ को जिल्ला विकास समितिको आन्तरिक तथा विषयगत कार्यालय, गैर सरकारी संस्थाको गरि ६ अर्व ६० करोड १ लाख ६८ हजारको अनुमानित आय व्यवको वजेट एवं नीतिक तथा कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटनमा नेजाली काँग्रेसका सभासद रामकृष्ण यादव, एमालेका सभासद शितल झा, एमाओवादीका सभासद रामसिंह यादव, सदभावनाका सभासद माधवी रानी राह, नेकपा मालेका शिवचन्द्र चौधरी सहितका वक्ताहरु तथा राजनीतिक तथा संघ सस्थाका प्रतिनिधिहरुले बोल्नु भएको थियो ।
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





