राजनीति

शुसिल —ओली गठबन्धनले द्धन्द्ध निम्ताउछ ः भट्टराई
विद्रोही गिरी
नवलपरासी, १२ फागुन ।
 
एमाओवादीका नेता डा. बावुराम भट्टराई वर्तमान सरकारका गठबन्धन नेताका कारण  देशमा द्धन्द्ध निम्तने बताउनु भएको छ । आज नवलपरासीको डण्डामा क्रान्तिकारी पत्रकार संघले गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले यस्तो धारण ब्यक्त गर्नु भएको हो । प्रधानमन्त्री शुसिल कोइराला र एमाले अध्यक्ष केपी ओली शान्ति प्रक्रियाका बिरोधी भएकाले उनीहरुको गठबन्धनले गर्दा शान्ति प्रक्रिया अप्ठारोमा परेको नेता भट्टराईले बताउनु भयो । 
 
परिवर्तनको एजेण्डलाई संस्थागत गर्न भन्दा पनि घुमाउरो पारामा २०४७ को संबिधान ब्यूताउन उनीहरुको गठबन्धन भएकाले  आन्दोलनको बिकल्प नभएको  बताउनु भयो । आन्दोलन सडक , सदन दुबैमा हुन्छ हामीले एक झट्का नदिए सम्म परिणाम सकारात्मक नहुने भएकाले वार्ताको ढोका बन्द गरेर आउ भन्नु  नाटक मात्र हो  उहाँले भन्नुभयो—‘ फागुन १६ को आन्दोलन पछि मात्रै त्यसको तरङ्ग  आउछ अनी नयाँ चिज बन्छ’ । शान्ति प्रक्रृयाको पक्षमा खबरदारी गर्न आन्दोलन भएकाले शुसिल —ओली गठबन्धन माघ ११  भन्दा पछि फर्कनुपर्छ । 
 
शान्ति प्रकृयाका बिरोधीहरुले संबिधानसभालाई अपहरण गरेका छन् त्यसलाई फर्काउन पनि फागुन १६ को आन्दोलन आबश्यक भएको बताउदै नेता भट्टराईले शहरका जनताले आन्दोलन बिर्षेका छन् तर जातिय, क्षेत्रिय,उत्पीडित वर्ग शान्तिपुर्ण आन्दोलन को पक्षमै छन्  ।
 
म शान्ति बिरोधी हैन त्यसलाई संस्थागत गरौ भन्ने हो त्यो मेरा बिरुद्ध फैलाएको अपवाह मात्रै हो । धेरै समय शुसिल कोइराला र ओली गठबन्धको बिरोधमा समय खर्चेका भट्टराईले उनीहरुबाट परिवर्तनको संबिधानको आशा गर्न नसकिने बताउनु भयो । ३० दलीय गठबन्धन तोड्न परानै शैलीमा काम थालिएको छ । हामी त्यसमा छैनौं सहमति र वार्तामा बसेरै समाधान निकाल्छौ ।

Post Comment

More राजनीति

Onair Now Onair Now

OFFLINE

 

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award