राजनीति

संवैधानिक परिषद्को बैठक बस्दै
काठमाडौं १२ फागुन ।  
संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्ने बारेमा छलफल गर्न संवैधानिक परिषद्को बैठक अहिले बसीरहेको छ ।
 
बैठकमा लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा नियुक्तिको बिषयमा छलफल भैरहेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईकेलले जानकारी दिनुभएको छ ।
 
रिक्त संवैधानिक निकायमा नियुक्तिको बारेमा एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री सुशील कोइरालाबीच हिजो साँझ छलफल भएको थियो ।
 
गत फागुनमा लोकसेवा आयोगका अध्यक्ष कयोदेवी यमी, सदस्य टीकादत्त निरौलाको कार्यकाल सकिएको थियो ।
 
एमाओवादीले यमीलाई नै निरन्तरता दिन प्रस्ताव गरेको छ भने काङ्ग्रेसले पूर्व गृहसचिव उमेश मैनालीलाई लोकसेवा आयोगको अध्यक्ष बनाउने प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
 

Post Comment

More राजनीति

Onair Now Onair Now

OFFLINE

 

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award