राजनीति

संविधानसभाको बैठक तत्काल बोलाइनुपर्ने ओलीको भनाई
काठमाडौँ,फागुन ११ 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाको बैठक तत्काल बोलाइनुपर्ने बताउनुभएको छ । 
 
एमाले अध्यक्ष ओलीले सोमबार आफ्नो ६४ औं जन्मदिनको अवसर पारेर भक्तपुरको बालकोटस्थित निवासमा आफू निकटका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुको उपस्थितमा केक काट्दै संविधानसको बैठक तत्काल बोलाइनुपर्ने बताउनुभएको हो ।
 
उहाँले एकीकृत नेकपा माओवादीसँग वार्ता गर्ने नाममा दुई तिहाइ वहुमतको प्रक्रिया रोक्न नहुने बताउनुभयो । उहाँले संविधानसभाको बैठक तत्काल बोलाएर संविधान निर्माणको काम अगाडि बढाइनुपर्ने बताउनुभयो ।
 
ओलीलाई जन्मदिनको अवसरमा केक खुवाउन तथा शुभकामना दिन उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, कृषिविकास मन्त्री हरिप्रसाद पराजुली, एमालेका स्थायी समिति सदस्य मुकुन्द न्यौपाने लगायतका एमालेका नेता तथा कार्यकर्ताहरु ओली निवास पुगेका थिए । 

Post Comment

More राजनीति

Onair Now Onair Now

OFFLINE

 

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award