राजनीति

३० दलले गरेको आन्दोलनलाई राष्ट्रपतिको पद पाउन गरेको वार्गेनिङका रुपमा नबुझ्न कार्यकर्ताहरुललाई दाहालको आग्रह
काठमाडौँ,फागुन ११
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ३० दलले अहिले गरिरहेको आन्दोलनलाई राष्ट्रपतिको पद पाउन गरेको वार्गेनिङका रुपमा नबुझ्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । 
 
अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार ललितपुरको खन्ना गार्मेण्टमा गरेको प्रशिक्षण कार्यक्रममा एमाओवादी अध्यक्ष दाहालले सेरेमोनियल राष्ट्रपति बन्ने आफ्नो कुनै इच्छा नभएको बताउनुभयो । उहाँले सेरेमोनियल राष्ट्रपतिलाई खोपीको देवता भन्दै आफ्ना लागि खोपीको देवताभन्दा  आन्दोलन नै बढी प्यारो भएको बताउनुभयो । उहाँले कार्यकारी राष्ट्रपति बन्न भने आफू इच्छुक रहेको तर अहिले त्यस्तो शासकीय व्यवस्था सम्भव नै नरहेको बताउनुभयो ।
 
निकै ठट्यौली मुद्रामा प्रस्तुत भएका एमाओवादी अध्यक्ष दाहालले ३० दलीय मोर्चाले अहिले गरिरहेको आन्दोलनलाई रक्तपातविहिन युद्ध भन्दै युद्धमा सेनाको भूमिकामा प्रस्तुत हुन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षाका लागि फेरि एक पटक आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै कार्यकर्ताहरुले आफूलाई सेनाको भूमिकामा खरो उतारे नेपाली काँग्रेस र नेकपा एमाले दुई तिहाइ वहुमतको प्रक्रिया रोक्न वाध्य हुने बताउनुभयो । उहाँले फागुन १६ गतेको जुलुस र सभामा सरकारले प्रहरीमार्फत लाठी प्रहार गरे लाठीबाटै जवाफ दिने भन्दै हजारौं युवाका लागि लाठी बनाउने काम भइरहेको बताउनुभयो । 
 
एमाओवादी अध्यक्ष दाहालले काँग्रेस र एमालेलाई पार्टीले आवश्यकताभन्दा बढी विश्वास गरेका कारण जनयुद्धका उपलब्धिको रक्षाका लागि फेरि आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले सुतेको सर्पलाई दुध खुवाउँदा त्यो सर्पले उठेपछि डस्छ भन्ने कुरामा ध्यान नदिनु पार्टीको कमजोरी भएको बताउनुभयो ।
 
प्रशिक्षण कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जमकट्टेलले पार्टीले गरिरहेको आन्दोलनलाई प्रभावकारी बनाउन भूमिका नखेल्ने कार्यकर्तालाई जागिर र संगठनबाट निष्काशन गर्ने चेतावनी दिनभयो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

OFFLINE

 

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award