राजनीति

नेपाली काँग्रेसभित्र नेतृत्वदायी भूमिका नखेलेको भन्दै आलोचना
काठमाडौँ,फागुन ११
सत्तारुढ नेपाली काँग्रेसभित्र संविधान निर्माणमा नेतृत्वदायी भूमिका नखेलेको भन्दै पार्टी नेतृत्वको आलोचना भएको छ । 
 
नेपाली काँग्रेसको केन्द्रीय समितिको सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सबैभन्दा ठूलो दलका नाताले संविधान निर्माणमा नेतृत्वदायी भूमिका नखेलेको भन्दै सदस्यहरुले पार्टी नेतृत्वको आलोचना गरेका हुन् । केन्द्रीय सदस्यहरुले सबैभन्दा ठूलो दलका नाताले माघ ८ गते संविधान नबन्नुको दोष एकीकृत नेकपा माओवादीलाई दिएर आफू उम्किन खोज्नुले नेतृत्व गैरजिम्मेवार भएको देखिएको बताए ।
 
उनीहरुले ठूलो दलको नाताले संविधान बनाउने मुख्य जिम्मेवारी काँग्रेसको भएको र यसका लागि पार्टी नेतृत्वले सबैलाई मिलाउन प्रयास गर्नुपर्ने धारणा राखे । बैठकमा बोलेका सबैजसो केन्द्रीय सदस्यहरुले आफ्नो जिम्मेवारी र दायित्वलाई गम्भिरतापूर्वक लिएर नेतृत्वले सबै दलसँग छलफल गर्नुपर्ने र एकीकृत नेकपा माओवादीसँग फागुन १६ गतेको सभा अगाडि नै वार्ता गर्नुपर्नेमा जोड दिएको पार्टी प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिनुभयो ।
 
बैठकमा केन्द्रीय सदस्यहरुले संविधान नबन्ने अवस्था उत्पन्न भए मात्र दुई तिहाइ वहुमतको प्रक्रिया अगाडि बढाउनुपर्ने अन्यथा सहमतिकै प्रयासलाई निरन्तरता दिनुपर्ने बताएका छन् । उनीहरुले सबैभन्दा ठूलो पार्टी भएपनि काँग्रेस नेकपा एमालेको पिछलग्गुजस्तो देखिएको र यसले कार्यकर्तामा नराम्रो सन्देश गएको भन्दै नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् ।
 
बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय केन्द्रीय सदस्यहरुले सरकारका कामकारवाहीको चर्को आलोचना  गरेका छन् । उनीहरुले खाना पकाउने ग्याँसको चरम अभाव, दिनहुँ बढ्दो भ्रष्टाचार लगायतका कारण आफूहरुलाई सरकारको नेतृत्व काँग्रेसले गरिरहेको छ भन्न समेत लाज लागेको धारणा राखेको बैठकमा सहभागि केन्द्रीय सदस्यले जानकारी दिएका छन् । 

Post Comment

More राजनीति

Onair Now Onair Now

OFFLINE

 

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award