राजनीति

प्रक्रियाबाटै संबिधान ः पाण्डे
विद्रोही गिरी
नवलपरासी, ९ फागुन ।
 
परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले दलहरु बीच सहमति भएपनि अन्ततः प्रक्रिया बाट नै संबिधान जारी हुने बताउनु भएको छ । नवलपरासीको देवचुली– १२ गैडीमा अमर बाल क्लवद्धारा निर्माणधीन सूर्यकुमार स्मृति बाल पुस्तकालयको शिल्यान्यास पश्चात आयोजित बालमैत्री नगरपालिका निर्माणमा सरोकारवालाको भूमिका बिषयक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सो कुरा बताउनु भएको हो । 
 
  सबै कुरा प्रक्रियाबाट नै अघि बढ्ने हो ९५ प्रतिशतको सहमति होस वा दुई तिहाई त्यो प्रक्रियाबाटै टुङ्गिन्छ मन्त्री पाण्डेले भन्नुभयो  –‘लोकतन्त्रमा बिरोधको अधिकार हुन्छ तर अर्कालाई हनन गर्न हुन्न भन्ने हो ’। विना प्रक्रिया कुनै बस्तु बन्दैन सहमति पनि प्रक्रिया मै हुन्छ । लोकतान्त्रिक बाटोमा हिड्न जुन सुकै पार्टी र ब्यक्तिलाई नेपालमा छुट छ त्यही अनुरुप हुन्छ  उहांले थत्नुभयो ।
बालबालिकालाई राम्रो वातारण दिदा मात्र सम्भ र शान्ति र समृद्ध देश बनाउन सकिने भएकाले उनीहरुको भावना अनुसारको काम गर्नु राज्य लागिपर्ने बताउनु भयो । प्रगतिनगर देशै बालबालिकाको क्षेत्रमा अगुवा भएकाले सबैले यसको अनुशरण गर्न सक्ने बताउनु भयो ।
 
 कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तिलक महत, सभासदहरु जिवन श्रेष्ठ, कृष्ण पौडेल, सिन्धु जलेसा लगाएको उपस्थिति रहेको  थियो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव बिष्णु लामिछाने, नेकपा माओवादी केन्दी्रय सदस्य ठाकुर चापागाई सभासद् पौडेल लगाएतकाले आफ्नो धारण ब्यक्त गर्नुभएको थियो ।
 
बिक्रम संबत २०५२ सालमा स्थापना भएको यस क्लवले बालबालिकाको क्षेत्रमा योगदान पु¥याएकोमा बिभिन्न व्यक्ति हरुलाई सम्मान समेत गरेको थियो । सम्मानित हुने व्यक्तिहरुमा पत्रकार विद्रोही गिरी, केवी राना, बाल अधिकार कर्मी तिलोत्तम पौडेल, पुस्तकालय निर्माणका लागि जग्गा प्रदान गर्ने  हुक बहादुर बिश्वकर्मा लगाएताका रहनु भएको छ ।
 
पुस्तकालय निर्माणका लागि क्लवका पुर्व उपाध्यक्ष्ँ स्वर्गिय सुर्य कुमार बिश्वकर्माको स्मृतिमा उहांको परिवारले १० धुर जग्गा प्रदान गरेको हो । कार्यक्रममा बिभिन्न सास्कृतिक प्रस्तुतिहरु समेत प्रर्दशन गरिएको थियो ।

Post Comment

More राजनीति

Onair Now Onair Now

OFFLINE

 

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award