राजनीति

नयाँ संविधान जारी गर्नका लागि त्याग गर्न तयार छु – प्रम
काठमाडौँ, २९ माघ ।
प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधान जारी गर्नका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको बताउनुभएको छ । 
 
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज नागरिक समाजका अगुवासँग उहाँले राजनीतिक दलबीच सहमतिका लागि संवादको वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
 
निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेलले वार्ता र संवाद नभइरहेको अवस्थामा त्यसका लागि वातावरण बनाउन आफूहरुले आग्रह गरेको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्रीले नयाँ संविधानका निर्माणका लागि आफूले जुनसुकै त्याग गर्ने र संवादहीनताको अवस्था चाँडै तोडिने विश्वास दिलाएको पोखरेलले जानकारी दिनुभयो । 
 
उहाँले वार्ता नै अहिलेको उत्तम विकल्प भएकाले सबै मुख्य राजनीतिक दलसँग आफूहरुले वार्तामा बस्न आग्रह गरेको बताउनुभयो । रासस 

Post Comment

More राजनीति

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Kahyal Thatta

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award