राजनीति

दुई तिहाइबाट संविधान बन्नै सक्दैन˗झा
भक्तपुर, १८ माघ । 
सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले दुई तिहाइ बहुमतका आधारमा सत्तारूढ दलले संविधान बनाउनै नसक्ने जिकिर गर्नुभएको छ । 
 
शनिबार यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सहमतिबिना बहुमतले संविधान बनाउन नसक्ने भएकाले प्रक्रियामा गए पनि सत्तारुढ दलले सहमतिको नारा लगाइरहेको आरोप लगाउनुभयो । 
 
सत्तारूढ नेपाली काँग्रेस र नेकपा ९एमाले०ले संविधानका विवादित विषयलाई मस्यौदा बनाएर छलफलमा राख्ने गर्दा सहमति हुन नसकेको बताउँदै उहाँले उनीहरुको प्रस्तावलाई समर्थन गर्नका लागि नै आफूहरु वार्तामा नबसेको टिप्पणी गर्नुभयो । नेता झाले सहमतिमा नै संविधान बनाएर संविधानसभाले वैधानिकता दिने कार्य गर्नुपर्ने बताउँदै सत्ता पक्षले मधेसको विषयलाई ओझेलमा पारेको आरोप लगाउनुभयो । रासस 
–––––––– 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award