राजनीति

हिमाल, पहाड र तराई जोडेर मात्रै संघियता ः पन्त
रुपेश÷हेटौँडा , १७ माघ । नेकपा एमालेका पोलिटव्युरो सदस्य रघुजि पन्तले हिमाल, पहाड र तराई जोडेर मात्रै संघियता आउने दावि गर्नुभएको छ । प्रेस चौतारी मकवानपुरले आज हेटौडामा गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पन्तले एमालेले हिमाल र पहाडलाई छुट्याएर तराईमा छुट्टै प्रदेश बन्न नदिने दावि गर्नुभयो । 
 
उहा“ले पहाड र हिमाललाई नाकाबन्दी गर्ने दाउमा विदेशीहरु लागि परेको बताउनुभयो । विदेशीको दाउमा मधेशी दल र माओवादी समेत फसेको उहा“को भनाई छ । 
 
एमाले – का“ग्रेस एमाओवादी र मधेशवादी दललाई सहमतिमा लिएरै संविधान जारी गर्न तयार रहेपनि वेवास्ता भए बहुमतका आधारमा संविधान जारी गर्ने उहा“को दावि छ । कार्यक्रममा एमालेका केन्द्रिय सदस्य विरोध खतिवडा, एमाले जिल्ला अध्यक्ष रामचन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award