राजनीति

सहमतीबाटै संविधान जारी हुन्छ ः मन्त्री रिजाल
उद्धव घिमिरे
विराटनगर, माघ १४ ।
सुचना तथा संचारमन्त्री डा. मीनेन्द्र रिजालले संविधान निर्माणको कार्य प्रकृयामा गएपनि वार्ता र संवादबाट सबैदलहरु संग सहमती कायम गरि संविधान जारी हुने बताउनु भएको छ ।
 
विराटनगरमा बुधवार आयोजना गरिएको नेपाल महिला संघ मोरङ जिल्ला कार्यसमितिको पदस्थापन कार्यक्रममा  बोल्दै मन्त्री रिजालले सरकारमा रहेका दलहरुसंग स्पष्ट दुई तिहाई बहुमत भएपनि वार्ता र संवादबाट सहमती कायम गरि संविधान निर्माण गरिने बताउनु भएको छ ।
 
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री रिजालले मुलुकलाई संविधान विहिन अवस्थामा संघै राखीरहन  नसकिने भएकोले प्रकृयामा जानु परेको स्पष्ट पार्दै प्रकृयामा जाँदैमा सहमतीको ढोका बन्द नभएकोले शान्ति , स्थायित्व र विकासका लागी आफुहरु सबै दलहरु संग सहमती गरेरै अगाडी बढ्ने स्पष्ट पार्नुभयो ।
 
उहाँले संविधान निर्माण कार्य भरखर प्रारम्भ भएकोले तिब्र गतिमा निर्माण हुँदापनि चार महिना लाग्ने भएकोले २०७२ सालको जेठ महिना भित्रमात्र पुर्ण संविधान आउने बताउनुभयो । उहांले भन्नुभयो “ भदौमा सुरु गर्नुपर्ने काम अहिले प्रारम्भ भएको छ त्यसैले सबै प्रकृया पुरा गरी पुर्ण संविधान बनाएर जारी गर्न आउँदो वर्षको जेठ महिनासम्म लाग्छ ।” 
 
सात–आठ वटा खुट्किला अझै कट्नु पर्ने हुँदा कम्तीमा चार महिना संविधान निर्माणलाई पुर्णता दिन समय लाग्ने उहाँको भनाई थियो । 
 
मन्त्री रिजालले एमाओवादी नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विश्वास गरेर संविधान निर्माणको महत्वपूर्ण समिति संबैधानिक संवाद तथा राजनैतिक सहमती समितिको सभापतीको जिम्वेवारी दिएको कारण माघ ८ मै संविधान जारी हुन नसकेको दावी गर्नुभयो । उहांले जिकर गर्दै भन्नुभयो “ भट्टराईलाई समितिको सभापतीको जिम्वेवारी दिनु कांग्रेस एमालेको ठुलो भुल भयो र त्यसैका कारण समस्या आयो , उनलाई त्यो जिम्वेवारी नदिएको भए संविधान माघ ८ गते नै जारी हुन्थ्यो । ” 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award