राजनीति

नेपालको संविधान लेखनबारे राष्ट्रसंघको सुरक्षा परिषदमा ब्रिफिङ हुने
काठमाडौं, माघ १४ । 
संविधान लेखन प्रक्रियाले नेपालका राजनीतिक दलहरुबीच ध्रुविकरण बढिरहेको बेला संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा आज नेपालको विकसित राजनीतिक घट्नाक्रमबारे ब्रिफिङ हुँदैछ । केही दिन अघि नेपाल भ्रमणमा आएका राष्ट्रसंघका राजनीतिक उपहासचिव जेफ्री फेल्टम्यानले सुरक्षा परिषदमा नेपालबारे जानकारी गराउने बताइएको  छ । 
 
अमेरिकाको न्युयोर्कमा आएको भिषण हिमपातले सुरक्षा परिषदको हिजोको वैठक भने स्थगित भएको थियो । आज स्थानीय समय अनुसार विहान १० बजेका लागी बैठक तय गरिएको छ । बैठकमा मध्यपुर्वमा जारी तनाव र राष्ट्रसंघिय सुरक्षा योजनाको कार्यान्वयन सम्बन्धी महासचिव बान की मुनको प्रतिवेदन पेश गर्ने र अन्य विषयमा नेपाल मामिलामा छलफल गर्ने एजेण्डा तय भएको छ । 
 
राष्ट्रसंघमा नेपालको प।िस्थतीबारे ब्रिफिङ हुने पुर्व सन्ध्यामा हिजो नेपालस्थित राष्ट्रसंघका पाँच स्थायी सदस्य राष्ट्र र भारतका राजदुतहरुले सामुहिक परामर्श गरेका छन् । नेपालस्थित अमेरीकी राजदुत पिटर डब्ल्यु बोडेले बोलाउनुभएको हिजो राजदुतको वैठकमा पि फाईभ भनेर चिनिने अमेरीका, बेलायत, फ्रान्स, रुस र चीनका राजदुतहरु तथा सुरक्षा परिषदको अस्थायी सदस्य राष्ट्र भारतका राजदुत सहभागी थिए । 
 
नेपाल मामिलामा अन्य देशहरुभन्दा फरक दृष्टीकोण राख्दै आएको चीनलाई समेत बोलाईएको हिजोको वैठकले कुटनीतिक वृत्तमा निकै महत्व राख्ने जानकारहरु बताँउछन् । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award