राजनीति

पाँच साना दलले एमाओवादीको साथ छोडे
काठमाडौँ,माघ १३
 
दुई तिहाइ वहुमतको प्रक्रिया अगाडि बढाएको विरोधमा बेल घेराउ गरेर एकीकृत नेकपा माओवादीलाई साथ दिएका पाँच साना दलले एमाओवादीको साथ छोडेका छन् ।
 
१९ दलीय मोर्चामा रहेका पाँच साना दलले मोर्चाको निर्णय विपरित सरकारसँग वार्ता गरेका छन् । मोर्चाले सहमतिका आधारमा संविधान बन्ने सुनिश्चित नभएसम्म सरकार र सत्तारुढ दलहरुसँग वार्ता नगर्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको भोलिपल्ट मोर्चामै रहेका पाँच साना दल प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर सत्तारुढ दलहरुसँगको बैठकमा सहभागी भएका हुन् । 
 
 
१९ दलीय मोर्चामा रहेका नेपाली जनता दल, खम्बुवान राष्ट्रिय मोर्चा, नेपाः पार्टी, थरुहट तराई पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट नेपाली जनता दलका अध्यक्ष हरिचरण साह सत्तारुढ दलहरुको बैठकमा सहभागी हुनुभएको हो । 
 
नेपाली जनता दलका अध्यक्ष साहले प्रश्नावली समिति निर्माण भएसँगै संविधान निर्माणमा देखिएको अवरोध हटेको भन्दै आफूहरु अब आन्दोलनको सट्टा संविधान निर्माणमा सहभागी हुने बताउनुभयो ।

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award