राजनीति

संविधान निर्माणको प्रक्रिया र सहमति सँगसँगै अघि बढाउने दलहरुको निर्णय
काठमाडौँ, १३ माघ । नेपाली काँगे्रस, नेकपा ९एमाले०, राप्रपा, नेकपा ९माले०, नेकपा ९संयुक्त०, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दललगायतका राजनीतिक दलहरुको आज बसेको बैठकले संविधान निर्माणको प्रक्रिया र त्यसमा अन्य दलहरुको सहमति खोज्ने प्रयास सँगसँगै अघि बढाउने निर्णय गरेको छ । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा सबै दलको समर्थन लिएर संविधान निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरिएको नेका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । 
 
उहाँले सबै दललाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउँदै अघि बढ्ने तय भएको जानकारी गराउँदै भन्नुभयो, “माघ ११ गते गठन भएको प्रस्ताव निर्माण समितिमा उपस्थित नभएका दललाई समितिमा सहभागी हुन बैठकले आग्रह गरेको छ ।” 
 
बैठकले विद्यमान संविधान, विधिको शासन र लोकतान्त्रिक मर्यादाको सम्मान गर्दै छिटोभन्दा छिटो नयाँ संविधान जारी गर्न प्रस्ताव निर्माण समितिमा सहभागी हुन र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न एनेकपा ९माओवादी० सम्बद्ध मोर्चा तथा साझा मुद्दाका लागि गठित संयुक्त मञ्चका नेताहरुलाई आग्रह गर्दै विधि र नियम बमोजिम संविधानसभाको निर्णय प्रक्रियालाई निरन्तर रुपमा अघि बढाउन आह्वान गरेको छ । 
 
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सकेसम्म सहमति कायम गर्दै संविधान निर्माण प्रक्रियालाई अघि बढाउनुपर्छ भन्ने विषयमै बैठक केन्द्रित भएको बताउनुभयो । 
 
नेपाली जनता दलका अध्यक्ष हरिश्चन्द्र साहले अन्तरिम संविधान, बा¥ह बुँदे समझदारीजस्ता कुराहरुलाई समेट्दै संविधान निर्माण प्रक्रियामा जानुपर्ने विषय बैठकमा राखिएको बताउनुभयो । रासस 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award